
काठमाडौं । केई मोटर्स नेपालको आधिकारिक वितरक लक्ष्मी ई–मोबिलिटी र जी.ओ. अटोमोबाइल्सले जेठ १८ गते ‘ग्रीन ह्विल्स टु मार्बल हिल्स’ कार्यक्रम गरेको छ । कार्यक्रममा ८० भन्दा बढी ग्राहक र उनीहरूका परिवार सदस्यको सहभागिता रहेको थियो । कार्यक्रमले दिगो यातायात र वातावरणीय जिम्मेवारीलाई सम्मान गर्दै हरित भविष्यको प्रतिबद्धता दोहोर्याएको छ ।
कार्यक्रमअन्तर्गत केईका अत्याधुनिक इलेक्ट्रिक गाडीहरूको र्याली आयोजना गरिएको थियो । यस र्यालीमा केईका लोकप्रिय मोडलहरू सहभागी थिए । र्याली थापाथलीबाट सुरु भइ गोदावरीसम्म पुगेपछि सहभागीहरूले मार्बल हिल्ससम्मको रमणीय पदयात्रामा सहभागी भएको कम्पनीले जनाएको छ ।
कार्यक्रमको मुख्य आकर्षणमा वृक्षारोपण कार्यक्रम रहेको थियो । सहभागीहरूले ७० भन्दा बढी रुखहरू रोपेर आफ्नो कार्बन उत्सर्जनलाई कम गर्ने र स्थानीय पारिस्थितिक तन्त्रमा सकारात्मक योगदान पुर्याउने उद्देश्यसहित वृक्षारोपणमा सक्रिय सहभागिता जनाएका थिए ।