site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सदन अवरोध कायम राख्ने माओवादीको निर्णय
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले सदन अवरोध यथावत् राख्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने निचोड निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।

“गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ,” उनले भने ।  उनका अनुसार, मंगलबार सदन बैठक बस्नुअघि विपक्षी दलको बैठक बस्नेछ ।

 

प्रकाशित मिति: सोमबार, जेठ १९, २०८२  १६:२४
प्रतिक्रिया दिनुहोस्