site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
विपक्षीले भने– अवरोध खुलाउन सरकारले प्रस्ताव ल्याओस्

काठमाडौं । प्रतिपक्ष दलका नेताले संसद्को अवरोध खुलाउन सरकारले प्रस्ताव ल्याउनुपर्नेमा जोड दिएका छन् । कुनै प्रस्तावबिना संसद् बैठक चल्न नदिने विपक्षीको अडान छ ।

संसद् बैठकका विषयमा मंगलबार (जेठ २०) बानेश्वरमा विपक्षी दलका नेताको बैठक बसेको थियो । बैठकबाट तीनबुँदे निष्कर्ष निकालिएको छ ।

Argakhachi Cement Island Ad

“सरकारले सदन खोलौँ मात्रै भनेर भएन । हामीले गृहमन्त्रीको राजीनामा मागिरहेका छौँ, उच्चस्तरीय छानबिन समिति बनाउने कि के गर्ने ? सरकारको प्रस्ताव आउनुपर्‍यो,” विपक्षीको बैठकपछि एक नेताले बाह्रखरीसित भने, “सदनको अवरोध खुलाउन सरकारले प्रस्ताव ल्याओस् ।”

उक्त बैठकपछि प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी छलफलमा सहभागी भएका छन् । त्यहाँ यही विषय राखिने ती नेताले बताए ।

गृहमन्त्री रमेश लेखकको राजीनामाबिना संसद् बैठक सञ्चालनका निम्ति विपक्षी तयार भएका छैनन् । विपक्षीको अडान र सभामुखले गरिरहेका छलफलका कारण प्रतिनिधिसभा बैठक बस्न ढिलाइ भएको छ । प्रतिनिधिसभा बैठक आज बिहान ११ बजे सुरु हुने तय थियो ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १२:५८
प्रतिक्रिया दिनुहोस्