site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रमुख सचेतकसित छलफलमा सभामुख, विपक्षीको बैठक जारी
विपक्षी दलका नेताको बैठकको दृश्य ।
Argakhachi Cement Island Ad

काठमाडौं । संसद् बैठक सञ्चालन गर्ने विषयमा सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसित छलफल गरेका छन् ।

मंगलबार (जेठ २०) बिहान उनले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरे । त्यसपछि उनले यति बेला नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्ताैलासँग छलफल गरिरहेका सभामुखको सचिवालयले जनाएको छ ।

अर्कोतर्फ, नयाँ बानेश्वरमै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकक्षमा विपक्षी दलका नेताको बैठक जारी छ । बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेकपा (एकीकृत समाजवादी)का नेताहरू सहभागी छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  ११:५३
प्रतिक्रिया दिनुहोस्