site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
प्रविधिबाट नेपाली युवाले ५१५ मिलियन भित्र्याए : पौडेल
Argakhachi Cement Island Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्रविधिको प्रयोग गरेर नेपाली युवाले ५१५ मिलियन रुपैयाँ नेपाल भित्र्याएको बताएका छन् । 

घरमै बसेर ल्यापटप चलाएर उक्त रकम नेपाल भित्र्याउन सफल भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले बताए । डिजिटल भुक्तानीमा लगाएको कर हटाइएकाले डिजिटल अर्थतन्त्रमा टेवा पुर्याउने विश्वास लिइएको उनको भनाइ छ ।   
 
“बजेट केही महत्वकांक्षी हुन्छ र हुनुपर्छ । वित्तीय क्षेत्रमा केही राम्रो गर्न खोजेको देखिएको छ । आगामी ५ वर्षमा वित्तीय क्षेत्र कहाँ पुग्छ भनेर लक्ष्य लिएको छ,” उनले भने, “डिजिटल बैंकका विषयमा केन्द्रीय बैंकले सोच्नेछ भनिएको छ । डिजिटल बैंकिङका लागि केही आधारभूत पूर्वाधारको आवश्यकता छ ।” 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १०:५७
प्रतिक्रिया दिनुहोस्