site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कमल थापा भेट्न पुगेका सांसद दीपक सिंहलाई प्रहरीले भित्र थुनिदियो

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका सांसद दीपक सिंहलाई प्रहरीले भित्रै थुनिदिएको छ । भद्रकालीस्थित प्रहरी परिसरमा पुगेका सिंहलाई भित्रै थुनिदिएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

“हामीले उहाँलाई नियन्त्रणमा लिनुपर्नेछ, तपाईं बाहिर जानुस् भन्दै बाहिर निकाले, उहाँलाई भित्र राखिदियो,” श्रेष्ठले भने । उनले यसलाई  ‘सर्वसत्तावादी निरंकुश गणतन्त्रको नाङ्गो रुप’ भनेका छन् ।

Argakhachi Cement Island Ad

“जहाँ भन्यो हामी त्यहीँ बस्यौँ,” श्रेष्ठले भने, “अहिले एकाएक नेताहरु पक्राउ गर्न थाल्यो ।”
 

 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १८:०३
प्रतिक्रिया दिनुहोस्