site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एक्जिम कोड लिन बैंक ग्यारेन्टी राख्न नपर्ने, न्यूनतम कर तिर्ने व्यवस्था खारेज
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले निकासी पैठारी गर्ने उद्योगी व्यवसायीले एक्जिम कोड लिँदा बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था खारेज गरेको छ । आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा पेस गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक्जिम कोड लिनका लागि राख्नुपर्ने तीन लाख रुपैयाँ बैंक ग्यारेन्टी हटाएको जानकारी दिएका छन् । 

यसैगरी सरकारले आगामी आर्थिक वर्षदेखि लागु हुने गरी करदाताले करयोग्य कारोबार नगरेको अवस्थामा समेत न्यूनतम कर तिर्नुपर्ने विद्यमान व्यवस्था खारेज गरेको छ । आधिकारिक व्यावसायिक व्यक्तिको छनौट गरी त्यस्ता व्यक्तिले निकासी पैठारी गर्दा द्रुत मार्गको सुविधा तथा व्यावसायिकस्थलमा नै मालवस्तुको परीक्षण सेवा प्रदान गरिने भएको छ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्