राजनीति
गृहमन्त्रीको प्रश्न– सामाजिक सञ्जालमा कुरा उठ्नबित्तिकै राजीनामा दिनुपरे स्थिति के होला ?
-1748432011.jpg)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सामाजिक सञ्जालमा प्रश्न उठ्नबित्तिकै राजीनामा दिन नहुने बताएका छन् । बुधबार पत्रकार सम्मलेन गरेर गृहमन्त्री लेखकले कुनै पनि विषयलाई लिएर प्रश्न उठ्न सक्ने तर ठिक ढंगले निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
"पार्टीको एकजनाले प्रश्न उठाएपछि सभापतिले वा अध्यक्षले राजीनामा गर्नुपर्ने, सञ्चारमाध्यम अथवा सामाजिक सञ्जालमा कुरा उठ्नबित्तिकै राजीनामा दिनुपर्ने स्थिति भयो भने के होला ?," उनले ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १७:२९
प्रतिक्रिया दिनुहोस्