-1748432012.jpg)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नियोजित र षड्यन्त्र रचिएको बताएका छन् । बुधबार संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलनको आयोजना गर्दै आफूविरुद्ध षड्यन्त्रमूलक ढंगले प्रचारबाजी गरिएको बताए ।
"मेराविरुद्ध नियोजित र षड्यन्त्रमूलक ढंगले प्रचारबाजी भएको छ । षड्यन्त्रको निरन्तरता कायम छ । यस्ता षड्यन्त्र नगरौँ, बन्द गरौँ । किनकी हिजो दिन पनि हेरौँ, भोलिको पनि हेरौँ, साथीहरूले आलोपालो मन्त्रालयको नेतृत्व गर्नुपर्ला," उनले भने ।
अपुष्ट र नियोजित सामग्रीको भरमा राजीनामा दिँदै हिँड्ने हो भन्दै प्रश्न गरे । "अपुष्ट र नियोजित सामग्रीको भरमा राजीनामा दिँदै हिँड्ने विधिको शासन खोज्नुभएको हो ? त्यसो भए मुलुकको शासन र राजनीतिक दिशा कता जान्छ," लेखकले प्रश्न गरे ।