site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीलाई बर्खास्त गर्न माग गरिएको रिटको दरपिठ सर्वोच्चबाट सदर
Argakhachi Cement Island Ad

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकलाई बर्खास्त गर्न माग गर्दै दायर रिटको दरपिठ सर्वोच्च अदालतबाट सदर भएको छ । अधिवक्ता मधु चौलागाईंले गत जेठ ९ गते शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिट सर्वोच्च प्रशासनले दरपिठ (दर्ता नहुने ठहर) गरिदिएको थियो । दरपिठविरुद्ध इजलासमा गएका चौलागाईंको निवेदनमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले दरपिठ सदर गर्दै रिट दर्ताका लागि पर्याप्त अधार नभएको आदेश गरेको हो ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:५८
प्रतिक्रिया दिनुहोस्