site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
'कर्मचारीमाथि अनुसन्धान हुनासाथ मन्त्रीले राजीनामा दिने भए एक वर्षमा कति मन्त्री चाहिएला ?'
Argakhachi Cement Island Ad

काठमाडौं । गृहमन्त्री रमेश लेखकले आफूले गर्दै नगरेको र हुँदै नभएको काममा आफूलाई आरोपित गरिरहेको बताएका छन् ।

उनले बुधबार पत्रकार सम्मेलन गर्दै यस्तो बताएका हुन् । संसद् भवन नयाँ बानेश्वरमा पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“मेराविरुद्ध जुन ढंगले हुँदै नभएको र गर्दै नगरेको काम जसरी आरोपित गर्ने काम भएको छ । जसरी प्रचार भएको छ । यसले नै देखिँदैछ, कसले गर्न खोज्दैछ भन्ने,” उनले भने, “मैले फेहरिस्त पनि सुनाइसकेँ । एकजना कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्दा विभागीय मन्त्रीले राजीनामा गर्ने हो भने एक वर्षमा यो देशमा कति मन्त्री चाहिएला ? कति हजार मन्त्री तयार हुनुपर्ने हो ? यो थिति ठिक हो ? यही थिति बसाल्न खोजिएको हो ?”
 

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  १७:५०
प्रतिक्रिया दिनुहोस्