राजनीति
-1748432012.jpg)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रश्न उठ्नबित्तिकै राजीनामा दिनुपर्ने थिति बसाल्न नहुने बताएका छन् ।
भिजिट भिसा प्रकरणबारे स्पष्ट पार्न बुधबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले कसैले प्रश्न उठाउनबित्तिकै राजीनामा दिनुपर्ने थितिले कसैको राम्रो नहुने बताए ।
उनले आफूले गर्दै नगरेको अपराधमा मुछ्न खोजिएको पनि गुनासो गरे । "ममाथि राजनीतिक षड्यन्त्रबाहेक अरू केही होइन । एकजना कर्मचारीमाथि अनुसन्धान हुँदा मन्त्रीले नै राजीनामा दिनुपर्ने कस्तो थिति बसाल्न खोजियो ?,’’ उनले भने ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १७:५१
प्रतिक्रिया दिनुहोस्