
काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्नु सरकार असफल पार्ने षड्यन्त्र भएको टिप्पणी गरेको छ ।
कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले अख्तियारले कर्मचारीलाई किन बोलायो भन्ने पनि नप्रस्ट्याउँदै गृहमन्त्रीको राजीनामा मागिएको बताए ।
“कर्मचारीलाई अख्तियारले किन बोलाएर सोध्यो । किन, के सोध्यो भन्ने पनि प्रस्ट्याएको छैन । न थुनामा राखेको छ । न कुनै मुद्दा अभियोजन गरेको छ,” उनले भने, यत्तिकैमा गृहमन्त्रीको राजीनामा माग्नु कुनै न कुनै षड्यन्त्र भएको छ । गृहमन्त्रीलाई मात्रै होइन, सरकारलाई असफल पार्ने षड्यन्त्रको कडी हो भन्ने हाम्रो निष्कर्ष हो ।”
उनले प्रतिपक्षले निहुँ खोजिरहेको आरोप लगाए । बजेटपछि थप निर्णयमा पुग्ने उनले बताए ।