राजनीति

काठमाडौं । दुईदिने औपचारिक नेपाल भ्रमणको सिलसिलामा न्युजिल्यान्डका उपप्रधान तथा विदेशमन्त्री विन्स्टन पिटर्स बुधबार काठमाडौं आएका छन् ।
परराष्ट्रसचिव अमृतबहादुर राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गरेका थिए ।
भ्रमणको क्रममा न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।
त्यस्तै, उनले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीको यो नेपालको पहिलो भ्रमण हो ।
प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२ १४:५२
प्रतिक्रिया दिनुहोस्