site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मृत्युदण्ड पाएका नेता सर्वोच्च अदालतबाट निर्दोष साबित
तस्बिर : एनडीटीभी ।

ढाका । बंगलादेशको सर्वोच्च अदालतले मंगलबार देशको प्रमुख इस्लामी पार्टी जमात–ए–इस्लामीका वरिष्ठ नेता एटीएम अजहरुल इस्लामलाई मानवीय अपराधको मुद्दामा सुनाइएको मृत्युदण्ड सजाय रद्द गरेको छ । सन् २०१२ देखि हिरासतमा रहेका उनलाई सर्वोच्चले रिहा गर्ने निर्णय सुनाएको छ ।

विगतमा इस्लामसहित पाँच वरिष्ठ नेतालाई दोषी ठहर गरिएको थियो । तीमध्ये चार जमात–ए–इस्लामीका र एक प्रमुख बंगलादेश राष्ट्रिय पार्टी (बीएनपी)का नेता थिए ।

Argakhachi Cement Island Ad

यस निर्णयप्रति सन्तुष्टि व्यक्त गर्दै इस्लामका वकिल शिशिर मोनिरले भने, “उहाँलाई न्याय प्राप्त भएको छ र बाँकी अन्य अभियुक्तको मुद्दामा पनि पुनरावलोकन आवश्यक छ ।”

इस्लामलाई सन् २०१४ मा १९७१ को बंगलादेश स्वतन्त्रता युद्धको समयमा लगाइएका आरोपमा दोषी ठहर गर्दै मृत्युदण्ड सुनाइएको थियो ।

जमात–ए–इस्लामीले सो युद्धमा पाकिस्तानलाई समर्थन गरेको थियो, जसले बंगलादेशी इतिहासमा गहिरो प्रभाव पारेको छ ।

वर्तमान अन्तरिम सरकारले आगामी चुनाव जुन सन् २०२६ भित्र सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ भने राजनीतिक दलहरू समेत चुनावको तयारीमा जुटेका छन् ।रासस/एएफपी

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १४:५५
प्रतिक्रिया दिनुहोस्