
काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन शान्तिको लागि आवश्यक कदम चाल्न तयार रहेको बताएका छन् ।
सोमबार टर्कीमा भइरहेको युक्रेन–रुस वार्ताप्रति उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
जेलेन्स्की हाल नेटोका पूर्वी र नोर्डिक सदस्यहरूका नेताहरूसँगको शिखर सम्मेलनका लागि लिथुआनियाको भिल्नियसमा छन्।
उनले सुरुवात विन्दु युद्धविराम र बन्दीहरूको रिहाइ हुनुपर्ने बताएका छन् । साथै उनले अपहरण गरिएका बालबालिका तत्काल फिर्ता हुनुपर्ने बताएका छन् ।
“यदि इस्तानबुलमा भएको वार्ताबाट केही उपलब्धि हासिल भएन भने युरोपेली संघ र अमेरिकाले रुसमाथि तत्काल नयाँ र कडा प्रतिबन्ध लगाउनुपर्छ,” जेलेन्स्कीले भने, “विशेषगरी राष्ट्रपति ट्रम्पले बोलेका सबैभन्दा कडा प्रतिबन्धहरू ।”
दोस्रो चरणको शान्ति वार्ताका लागि रुसी र युक्रेनी प्रतिनिधिमण्डल टर्कीमा छन् । बीबीसी