site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
वायुसेवा निगमको पुनर्संरचना गरौँ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल वायुसेवा निगमको पुनर्संरचना नगरेसम्म मुलुकको पर्यटन क्षेत्रको अपेक्षित विकास हुन नसक्ने बताएका छन् । 

सोमबार राष्ट्रिय पर्यटन संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले वायुसेवा निगमले लामो समयसम्म पनि फड्को मार्न नसकेको उल्लेख गर्दै यसको पुनर्संरचना आवश्यक रहेको उल्लेख गरे । 

Argakhachi Cement Island Ad

“नेपाल वायुसेवा निगमको पुनर्संरचना नगरेसम्म पर्यटन क्षेत्रको विकास हुन सक्दैन । आजभन्दा १८ वर्ष अगाडि म पर्यटनमन्त्री हुँदा पनि त्यही दुई/तीन वटा जहाज थियो । आज पनि त्यही छ । त्यसले किन प्रगति गरेन ? यसको पुनर्संरचना गर्नुपर्छ,” उनले भने । 

उनले ध्वजावाहक नेपाल वायुसेवा निगमकै कमजोरीका कारण पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएको टिप्पणी समेत गरे । 

“निगमले दुई–चारवटा जहाज उडाउन नसक्ने हो भने विदेशी एयरलाइन्सलाई मात्र दोष दिएर नहुने उनको भनाइ छ । नेपाली आकाश कालोसूचीमा परेको दुई दशक नै भइसक्यो । हालसम्म जस्ताको त्यस्तै किन भइरहेको छ ? किन नहटाएको ? के गर्दाखेरी नेपाली आकाश सुरक्षित हुन्छ भन्ने कुरा हामीले ईयू लगायतलाई दिन नसकेको ?,” उनले प्रश्न गरे । 

नेपालको समग्र पर्यटन क्षेत्रको विकासका लागि अन्तर्राष्ट्रिय कनेक्टिभिटीमा जोड दिन आवश्यक रहेको मन्त्री गुरुङको भनाइ छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १९:५३
प्रतिक्रिया दिनुहोस्