बाह्रखरी फोटो

काठमाडौं । पहाडकी रानी उपनामले परिचित प्रसिद्ध पर्यटकीय गन्तव्य बन्दिपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ जारी छ । पर्यटन प्रवर्द्धनमार्फत बन्दिपुरमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, रोजगारी सृजना तथा आर्थिक गतिविधि थप चलायमान गराउने उद्देश्यले बन्दीपुर गाउँपालिकाले २०२५ लाई भ्रमण वर्षका रूपमा मनाइरहेको छ ।
मौलिक तथा ऐतिहासिक सहर बन्दिपुरको सौन्दर्य विश्वमाझ पुर्याउन पनि भ्रमण वर्षले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाको विश्वास छ । भ्रमण वर्षमार्फत बन्दिपुरको पर्यटन क्षेत्रमा थप रोजगारी र स्वरोजगार सृजना, होटेल तथा रेष्टुराँमा थप लगानी बढाउने उद्देश्य रहेको छ ।
तस्बिर : न्युज एजेन्सी नेपाल ।
प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२ १०:२७
प्रतिक्रिया दिनुहोस्