site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
कठिन काम गर्नै मजा आउँछ (भिडियोवार्ता)

नेपाली साहित्यमा लामो समयदेखि सक्रिय सर्जक हुन्, बिटु केसी । कविता, मुक्तक, गीत लेख्दै आएकी केसीको पछिल्लो क्रियाशीलता गजल लेखनतर्फ छ । 

अमेरिका प्रवासमा हुँदा उनी गजलबाट प्रभावित भइन् । र, गजल लेख्न थालिन् । केसीले केही समयअघि आफ्नो पहिलो गजलकृति ल्याइन्, ‘धीत’ ।

Argakhachi Cement Island Ad

मुक्त लयमा आफूले गजल लेख्दै आएको उनी बताउँछिन् । रदिफ र काफियाको अनिवार्यतालाई प्रस्तुत गर्दै आफूले  मौलिक रूपमा गजल लेख्दै आएको उनी सुनाउँछिन् ।

उनी भन्छिन्, “गजल लेख्न कठिन छ, तर कठिन काम गर्नै मजा आउँछ ।”

अमेरिकामा रहँदा एकपटक उनले आफूले सुन्दै आएका प्रसिद्ध गजल गायक जगजीत सिंहलाई भेट्ने मौका पाइन् । “जगजीत सिंह आउने भनेपछि भेट्न पाए हुन्थ्यो भन्ने लाग्यो । र, पछि भेटेँ पनि,” उनले त्यो रोचक प्रसंग सुनाइन् ।

उनै गजलकार केसीसँग बाह्रखरीको यसपटकको गजल गंगामा गरिएको कुराकानी–

 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्