site stats
बाह्रखरी :: Baahrakhari
देश
महिमानसिंह विष्टलाई एक लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्ट धरौटीमा छुट्ने भएका छन् । सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दीनबन्धु बरालको इजलासले विष्टलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न प्रहरीलाई अनधिकृत पत्र लेखेको पाइएपछि विष्ट पक्राउ परेका थिए । उनकै नक्कली पत्रका आधारमा चौधरी वैशाख १७ गते पक्राउ परेका थिए ।

तर, पछि पत्र नै अनधिकृत रहेको पुष्टि भएपछि चौधरी सोहीदिन रिहा भएका थिए ।‍ पत्र लेख्ने विष्ट पक्राउ परेका थिए ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्