देश

म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–३, घुमाउने तालस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका किशोरको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले तीन दिनपछि सोमबार फेला पारेको छ ।
घुमाउनेतालका १५ वर्षीय निरज मल्ल पौडी खेल्ने क्रममा शनिबार कालीगण्डकी नदीमा डुबेर बेपत्ता भएका थिए । गोताखोर टोलीले करिब १५ फिट गहिराइबाट मल्लको शव निकालेको सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालले जानकारी दिए ।
बेपत्ता किशोर खोज्नका लागि सशस्त्र प्रहरी बल नेपाल नं २४ कालीका गण कास्कीबाट आएको प्रहरी निरीक्षकको नेतत्वमा चारजना गोताखोर र पाँचजना विपद् व्यवस्थापन तालिम प्राप्तसहित १९ जनाको टोली परिचालन भएका थिए । रासस
प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२ १७:४१
प्रतिक्रिया दिनुहोस्