site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौं । प्रतिनिधिसभाबाट जलस्रोत विधेयक, २०८१ पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकले जलस्रोत विधेयक, २०८१ बहुमतले पारित गरेको हो । 

बैठकमा उर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलस्रोत विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्ताव सभाबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे । 

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्