site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मन्त्रिपरिषद् बैठक स्थगित, ओली–देउवा भेट्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक स्थगित गरेका छन् । सोमबार (आज) साँझ ६ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा स्थगित भएको हो । 

प्रधानमन्त्रीको सचिवालयका अनुसार, अहिले प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ ।

नेपाल राष्ट्र बैंककाे गभर्नर नियुक्तिको विषय अझै टुंगिएको छैन । गभर्नरसहित अन्य विषयमा छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १८:१०
प्रतिक्रिया दिनुहोस्