देश
दाङ । अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ । चिसोका कारण बालबालिकालाई पठनपाठनमा समस्या उत्पन्न भएपछि जिल्ला शिक्षा कार्यालयसँगको समन्वयमा जिल्लाका विद्यालय बन्द गरिएको शिक्षक तुलाराम खड्काले जनाकारी दिए । चिसोका कारण विद्यार्थीहरूमा निमोनिया, झाडापखाला लगायत समस्या देखिन थालेपछि विद्यालय बन्द गरिएको शिक्षक खड्काले वताए ।
गत आइतबारदेखि बन्द भएका विद्यालय आगामी माघ १५मा खुल्नेछन् । विद्यालय बन्द भएपछि विद्यार्थी र अभिभावक न्यानो ठाउँमा अस्थायी बसाइ सर्न सुरु गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, पुस २१, २०७४ १४:३४
प्रतिक्रिया दिनुहोस्