site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
उपाध्यायको ‘ऐँजेरु’ सार्वजनिक

काठमाडौं । सर्जक शुकदेव उपाध्यायको दोस्रो उपन्यास ‘ऐँजेरु’ एक कार्यक्रमबीच सार्वजनिक भएको छ । शनिबार तीनचुलेस्थित साहित्य सदनमा नेपाल स्रष्टा समाजद्वारा आयोजित कार्यक्रममा साहित्यकारहरू रोचक घिमिरे, श्रीओम श्रेष्ठ रोदन, निर्मोही व्यास, चन्द्रप्रसाद भट्टराई, माधवप्रसाद गौतम लगायतले उपन्यासको सार्वजनिक गरे ।  

कार्यक्रममा प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार तथा साहित्यकार घिमिरेले समाजको यथार्थ परिस्थितिलाई उपन्यासमा समेटिएको बताए ।

कृतिमाथि समीक्षा गर्दै साहित्यकार भट्टराईले उपन्यासको कथावस्तु सलल बगेको बताए । नियात्राकार निर्मोही व्यासले उपन्यासको कथानक यथार्थमा आधारित भएको उल्लेख गरे भने साहित्यकार रोदनले लेखकले आफ्नो जन्मदिनको अवसर पारेर पुस्तक सार्वजनिक गरेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा डा. शान्तिमाया गिरी, माधवप्रसाद गौतम, उपन्यासकार उपाध्याय लगायतले बोलेका थिए । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ११:५७
प्रतिक्रिया दिनुहोस्