विदेश

काठमाडौं । न्यूयोर्क सहरको ब्रुकलिन ब्रिजमा ठोक्किएपछि मेक्सिकन नौसेना प्रशिक्षण जहाजमा क्षति पुगेको छ । यो जहाज त्यहाँ विशेष कार्यक्रमको लागि गएको थियो । शनिबार साँझ जहाज पुलमुनिबाट गइरहेको बेला विशाल मस्तूल (जहाजमा रहेको अग्लो खम्बा) पुलमा ठोक्किएको भिडियो सार्वजनिक भएको छ ।
रिपोर्टका अनुसार, ठोक्किएपछि जहाजको मस्तूलको केही भाग भाँचिएर जहाजमा खसेको थियो र अमेरिकी मिडियाले धेरै जना घाइते भएको रिपोर्ट गरेको छ ।
न्यूयोर्क सहरको आपतकालीन व्यवस्थापन एजेन्सीले राहत कार्यमा संलग्न रहेको बताएको छ तर थप विवरण भने दिएको छैन ।
मेक्सिकन नौसेनाले जहाज क्षतिग्रस्त भएको पुष्टि गरेको छ । घटनाको अनुसन्धान भइरहेको पनि उनले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२ ०९:४१
प्रतिक्रिया दिनुहोस्