site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतको हैदराबादको एक भवनमा आगलागी, १७ जनाको मृत्यु

काठमाडौं । भारतको तेलंगाना राज्यको हैदराबादस्थित चारमिनार नजिक रहेको एक भवनमा भएको आगलागीमा १७ जनाको मृत्यु भएको छ । बीबीसी हिन्दीले दक्षिण जोनका डीसीपी स्नेहा मेहरालाई उद्धृत गर्दै उल्लेख गरेको समाचार अनुसार १७ जनाको मृत्यु भएको हो । 

भारतको प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमाध्यम एक्समा गरेको एक पोस्टमा उक्त घटनाप्रति शोक व्यक्त गरिएको छ ।

साथै, प्रधानमन्त्री कार्यालयले मृतक परिवारका सदस्यहरूलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट दुई लाख रुपैयाँ क्षतिपूर्ति दिइने बताएको छ ।

यसैबीच तेलंगाना राज्यका मुख्यमन्त्री रेवन्त रेड्डीले पनि यस घटनामा शोक व्यक्त गरेका छन् ।

भारतको समाचार संस्था पीटीआईका अनुसार बिहान करिब ६ः३० बजे फोन आएपछि उनीहरू घटनास्थलमा पुगेका र आगलागी पीडितहरूलाई गम्भीर अवस्थामा अस्पताल लगिएको उल्लेख गरेको छ ।
 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्