site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय सेनाले भन्यो– पाकिस्तानसँगको युद्धविराम सम्झौता अनिश्चितकालसम्म जारी रहन्छ

काठमाडौं । भारतीय सेनाले पाकिस्तानसँगको युद्धविराम सम्झौता जारी रहने स्पष्ट पारेको छ । आइतबार भारतीय सेनाले एक विज्ञप्तिमार्फत युद्धविराम सम्झौता जारी रहने भएकाले भ्रममा नपर्न आग्रह गरेको हो ।

केही मिडिया रिपोर्टमा भारत र पाकिस्तानबीचको युद्धविराम आज समाप्त हुने खबर आइरहेका बेला सेनाले यसबारे स्पष्ट पारेको हो ।

“भारत र पाकिस्तानका सैन्य अपरेसन्सका महानिर्देशक (डायरेक्टर जनरल अफ मिलिट्री अपरेसन्स) स्तरमा भएको वार्ताको निर्णय भएअनुसार युद्धविराम जारी रहनेछ । साथै, दुई देशका सैन्य अपरेसन्सका महानिर्देशकस्तरमा यसको कुनै समाप्ति मिति तोकिएको छैन,” विज्ञप्तिमा भनिएको छ ।

भारतीय सेनाले अफवाहको पछाडि नलाग्न पनि आग्रह गरेको छ । मे १२ मा भारत र पाकिस्तानबीच युद्धविरामको सम्झौता भएको थियो ।

सेनाले अगाडि भनेको, “भारत–पाकिस्तानबीच युद्धविराम अनिश्चितकालसम्म जारी रहनेछ । यसको अन्त्य वा समाप्त गर्ने कुनै निश्चित मिति तोकिएको छैन ।”

एनडीटीभीबाट ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  ११:५५
प्रतिक्रिया दिनुहोस्