खेल

काठमाडौं । स्व. डम्बर धामी स्मृति टी–१० क्रिकेट प्रतियोगिता आइतबार (जेठ ४)देखि सुरु हुने भएको छ । नेपालका तीन विश्वविद्यालयका १२ कलेजका टिमको सहभागिता रहने प्रतियोगिता कीर्तिपुरस्थित त्रित्रि क्रिकेट मैदानमा सञ्चालन गरिनेछ ।
यही जेठ ८ गतेसम्म सञ्चालन गरिने प्रतियोगितामा १२ टिमलाई चार समूहमा विभाजन गरी लिग चरणमा एक दिनमा तीनदेखि चार खेल खेलाइनेछ ।
प्रतियोगिताको विजेताले ३५ हजार र उपविजेताले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको ‘इन्ट्री फी’ १५ हजार रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, जेठ ३, २०८२ १७:१४
प्रतिक्रिया दिनुहोस्