
काठमाडौं । जि मोटर्स प्रा. लि. स्काईवेलका विद्धुतीय सवारीको आधिकारीक बितरकले "स्काईवेल एक्सचेन्ज अफर' अपग्रेड टु स्काईवेल-ड्राईभ लक्जरी ईभी यसयुभी" सार्वजनिक गरेको छ ।
प्रि-बजेट अफरको एक बिशेष अफरको रुपमा कम्पनीले बजेटले मुल्य बृद्दि हुनु अगावै लक्जरी, प्रिमियम ईभी र रियल एसयुभिमा अपग्रेड हुने सुनौलो मौकाको रुपमा कम्पनीको नक्साल-काठमाडौं, राधेराधे-भक्तपुर, ईटहरी-सुनसरी, बिराटनगर, पोखरा र चितवनका सबै शोरुममा अफर प्राप्त हुने जनाएको छ ।
साथै उक्त अवसरमा हरेक स्काईवेल खरिदमा एक कपल्सले युरोप टुर प्राप्त गर्नुका साथै स्पेशल छुट र एक्सचेन्ज अफरमा विशेष बोनस समेत प्राप्त हुनेछ । लोन सुविधाका लागि २० प्रतिशत डाउनपेमेन्ट दिएर फाइनान्स पनि सुविधा रहेको प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए ।
एक्सचेन्ज अफर आजबाट शुरु भएर जेस्ठ ५ गते सम्म हुनेछ ।
हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि५-६२० किमि प्रिमियम बिधुतिय एसयुभि बिक्री-बितरण भईसकेका छन भने आज बाट शुरु भएको अफरमा ७ वटा बुकिङ रहेको छ । ईटि५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम यसयुभि बिक्रीका लागी उपलब्ध रहेका छन् ।
नेपाली ग्राह्कले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रिमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भु-भागमा सहजै यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ ।