site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अब आवेदन दिएकै दिन, दुई घण्टाभित्रै श्रम स्वीकृति

काठमाडौं । वैदेशिक रोजगार विभागले आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । वैदेशिक रोजगार विभागको कार्यालय ताहचलमा शुक्रबार पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो । 

रीतपूर्वक अनलाइन दरखास्त फारम प्राप्त भएपछि आवेदन दिएकै दिन श्रम स्वीकृति दिने व्यवस्था कार्यान्वयन गरिने जानकारी विभागका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रबहादुर शिवाकोटीले जानकारी दिए ।

यस्तो व्यवस्था अबको तीन दिनभित्र कार्यान्वयनमा ल्याइने उनले बताए । अबको केही दिनभित्रै आवेदन दिएको दुई घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था लागु गरिने उनले बताए ।

सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी र संस्थागत गर्दै लगिने प्रतिबद्धता व्यक्त गरे । वैदेशिक रोजगारीसम्बन्धी ठगी, राहत, उद्धार, अनुगमन र नियमनमा थप प्रभावकारी कदम चाल्न विभाग क्रियाशील रहेको उनको दाबी थियो । 

साइबर सुरक्षा नीति र एआई नीति प्रणाली लागु गरिने उपमहानिर्देशक शिवाकोटीले जानकारी दिए । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २०:५५
प्रतिक्रिया दिनुहोस्