विदेश

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसमाथि दबाब कायम राख्नुपर्ने बताएका छन् ।
युक्रेनी र रुसी प्रतिनिधिमण्डलबीच टर्कीमा भएको शान्तिवार्तापछि जेलेन्स्कीले भने, “रुस युद्ध अन्त्य गर्न तयार नभएसम्म उसमाथि दबाब कायम राख्नुपर्छ । युक्रेन यथाशीघ्र वास्तविक शान्तिका निम्ति कदम चाल्न तयार छ । विश्वले यसमा बलियो दबाब दिन आवश्यक छ ।
टर्कीमा भएको शान्तिवार्तामा युक्रेन र रुसले एक–एक हजार युद्धबन्दीलाई रिहा गर्न सहमति जनाएका छन् ।
बैठकपछि युक्रेनी रक्षामन्त्री रुस्तम उमरोभले युद्धबन्दीहरूको रिहाइको मिति तय भएको जानकारी दिए । यद्यपि, उनीहरूको रिहाइ कहिले हुनेछ भन्ने विषयमा केही खुलाइएको छैन । बीबीसी
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ २३:३९
प्रतिक्रिया दिनुहोस्