site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
ओमोडा एन्ड जेइकोले ल्यायो ‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’

काठमाडौं । नेपालमा ‘ओमोडा एन्ड जेइको’को आधिकारिक वितरक, एसपीजी अटोमोबाइल्सले ‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ योजना सार्वजनिक गरेको छ । जेठ ४ देखि १० सम्म चल्ने योजना ‘ओमोडा इ–फाइभ’ र ‘जेइको जे–सिक्स’ मोडलमा लागु हुने कम्पनीले जनाएको छ ।

यो विशेष योजना विद्युतीय गाडीहरूको फाइनान्सिङमा सरकारको नयाँ नीति तथा नियम लागु हुनुअघि नै गाडी खरिद तथा अपग्रेड गर्न चाहने ग्राहकहरूलाई लक्षित गरिएको कम्पनीको भनाइ छ ।

‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ अन्तर्गत, ग्राहकले निःशुल्क एक वर्षको बिमा, सात किलोवाटको चार्जर, र ब्याट्री र मोटरमा आठ वर्ष वा एक लाख ६० हजार किमिको वारेन्टी समावेश छ ।

८० प्रतिशत फाइनान्सिङसहित मात्र ५५ लाख ९९ हजारबाट सुरू हुने गाडीहरूको डेलिभरि, जेठ १७ अघि नै निश्चित गर्ने व्यवस्था गरिएको छ । गाडी डेलिभरि गरिएकामध्ये एक भाग्यशाली जोडीले चीनको भ्रमण गर्ने मौका पाउने कम्पनीले जनाएको छ ।

साथै, एकजनाले आइफोन १६ प्रो जित्ने मौका पाउनेछन् । त्यसैगरी पाँच भाग्यशाली जोडीले लक्जरी स्टेकेसन जित्ने मौका पाउनेछन् । साथै, दुई भाग्यशाली ग्राहकहरूले शून्य ब्याजदरमा १२ महिनासम्मको फाइनान्सिङ सुविधा प्राप्त गर्नेछन् ।

सरकारी नियमअनुसार विद्युतीय गाडीहरूको लागि बैंकबाट कर्जा सीमा ९० प्रतिशतबाट ६० प्रतिशतमा सीमित गरिएको छ ।

यसै समयमा ग्राहकहरूलाई लक्षित गरी ‘स्विच एन्ड ड्राइभ प्रि–बजेट एक्सचेन्ज अफर’ सार्वजनिक गरिएको हो । यो योजनाले विद्युतीय गाडीहरूमा प्रारम्भिक लागत बढ्नुअघि नै विशेष लाभहरूसहित गाडी खरिद वा अपग्रेड गर्ने सुनौलो अवसर प्रदान गर्दछ ।

एसपीजी अटोमोबाइल्स, नेपाली अटोमोबाइल बजारमा नवीन र दिगो गतिशीलताका समाधान प्रदान गर्न प्रतिबद्ध छ । भविष्यको लागि अटल दृष्टिकोणका साथ, ओमोडा एन्ड जेइकोले ग्राहकहरूलाई उत्कृष्ट मूल्य र प्रिमियम अनुभवसँगै अत्याधुनिक विद्युतीय गाडीहरू उपलब्ध गराउन तत्पर रहेको छ ।

एसपीजी अटोमोबाइल्स, विद्युतीय गाडी रुचाउने तथा खरिद र अपग्रेड गर्न चाहने सम्पूर्णलाई नजिकैको ओमोडा एन्ड जेइको सोरुम भ्रमण गर्न र सीमित समयको लागि लागु हुने अफरहरूको लाभ लिन आह्वान गर्दछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  २०:४३
प्रतिक्रिया दिनुहोस्