site stats
बाह्रखरी :: Baahrakhari
खेल
बार्सिलोनाको खेलअघि कार दुर्घटना हुँदा १३ जना घाइते

काठमाडौँ । स्पेनको बार्सिलोनास्थित आरसीडीई रंगशालाबाहिर कार दुर्घटना भएको छ । शुक्रबार बार्सिलोनाको स्थानीय प्रहरीले दुर्घटनामा परी १३ जना घाइते भएको जनाएको छ ।

बिहीबार ला लिगाअन्तर्गत स्पोन्योल र बार्सिलोनाबीचको खेलअघि कार अनियन्त्रित भएर दुर्घटना भएको जनाइएको छ । 

प्रहरीले सामाजिक सञ्जाल ‘एक्स’मा दुर्घटनाले रंगशालाभित्रका समर्थकमा भने कुनै क्षति नपुर्‍याएको जनाएको छ । 

स्पेनको क्याटालान क्षेत्रका क्षेत्रीय अध्यक्ष साल्भाडोर ईलालद्वार जारी विज्ञप्तिमा दुर्घटनामा घाइतेहरूलाई सामान्य चोट लागेको उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १४:२७
प्रतिक्रिया दिनुहोस्