कला

काठमाडौं । प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो ग्रसकलेक्सन गरेको छ ।
पहिलो साता यो चलचित्रले पाँच करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ ।
निर्माण कम्पनी आर्टमाण्डू नेपालले निर्माण गरेको चलचित्रमा नवीन चौहानको लेखन तथा निर्देशन छ ।
अहिले पनि यो चलचित्र उच्च शोसहति चलिरहेको छ । चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर, सुनील पोखरेललगायतको अभिनय छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२ १०:३९
प्रतिक्रिया दिनुहोस्