site stats
बाह्रखरी :: Baahrakhari
खेल
एसकेबीसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता हुँदै

काठमाडौं । काठमाडौंमा दोस्रो एसकेबीसी वाग्मती प्रदेश आमन्त्रित तेक्वान्दो प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक समाज खेलकुद विकास क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जनाएको हो ।

आयोजकका अनुसार, काठमाडौंको बसुन्धारास्थित हेराल्ड इन्टरनेस्नल कलेजमा आगामी जेठ ३ र ४ गते प्रतियोगिता आयोजना हुनेछ । प्रतियोगितामा वाग्मती प्रदेशका १३ जिल्लाबाट ५०० भन्दा बढी खेलाडीले सहभागीता जनाउनेछन् । प्रतियोगिात महिला र पुरुष गरी दुई विधामा खेल सञ्चालन गरिनेछ ।

प्रतियोगिताका विजेतालाई मेडल, ट्रफी, प्रमाणपत्र तथा खेलकुद सामग्रीबाट पुरस्कृत गरिनेछ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी, विशेष योगदान गर्ने व्यक्तित्व, प्रशिक्षक र निर्णायकमध्ये चार जनालाई ओप्पो मोबाइल दिइनेछ ।

प्रतियोगितामा ३३ स्वर्ण पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिाको अनुमानित खर्च १५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १६:०७
प्रतिक्रिया दिनुहोस्