देश

काठमाडौं । थानकोट ट्राफिक प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले ड्युटीमै खटिएका अर्का प्रहरी सहायक हवल्दार कुटेका छन् । थानकोट प्रहरीका अनुसार नागढुंगा प्रहरीका सहायक हवल्दार मदन खड्का कुटिएका हुन् ।
के कारणले इन्स्पेक्टर साहले कुटपिट गरेभन्नेबारे उपत्यका ट्राफिक प्रहरी कार्यालयले छानबिन गर्ने ट्राफिक प्रहरी कार्यालयका एसपी दिपक गिरीले जानकारी दिए ।
एसपी गिरीले भने, ‘‘हामीले पनि भर्खर थाहा पाएका छौँ । विषय के हो बुझ्दैछौँ । काम गर्न निर्देशन दिएको हो वा कुटपिट गरेको हो बुझ्दैछौँ ।’’ इन्स्पेक्टर साहले हवल्दारलाई थप्पड हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२ १७:५३
प्रतिक्रिया दिनुहोस्