
काठमाडौं । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमण अन्तर्गत मंगलबारदेखि साउदी अरेबियाको भ्रमणमा छन् ।
उक्त भ्रमणका क्रममा साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका हुछन् । उनले भने, “अब सिरियाले यसलाई अवसरका रूपमा लिएर अगाडि बढ्ने समय आएको छ ।”
अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेयिबासँग १४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् ।
साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सालमानले यसबाहेक अन्य लगानीहरू मिलेर यो सम्झौता एक खर्ब डलर पुग्नसक्ने बताएको बीबीसीले जनाएको छ ।
ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए । यो भ्रमणमा उनी कतार र संयुक्त अरब इमिरेट्स (यूएई) सम्म पुग्नेछन् । बीबीसी