site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउँछौँ : मन्त्री गुरुङ
Tiktok banner adTiktok banner ad

भेरीगंगा (सुर्खेत) । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समय सान्दर्भिक हुलाक सेवा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार हुलाक निर्देशनालय सुर्खेतको नवनिर्मित भवनको उद्घाटन गर्दै मन्त्री गुरुङले हुलाक सेवा पुरानै ढर्राबाट चलिरहेकाले अब यसको सेवालाई व्यापक परिवर्तन गर्नेगरी ऐन ल्याउन लागिएको जानकारी दिए ।

प्रविधिले फड्को मारिरहेको बेलामा पुरानै कानुन रहन नसक्ने उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सेवालाई आधुनिक र प्रविधिमैत्री बनाउने स्पष्ट पारे । “हुलाक सेवाको विकास हुन नसकेको, हुलाक पुरानै तरिकाले चलिरहेको अवस्था छ,” उनले भने, “अब यसको सेवालाई थप प्रभावकारी बनाउनका लागि नीति नै परिवर्तन हुन्छ, यसका लागि हामीले ऐन ड्राफ्ट गरिरहेका छौँ । ऐन बनिसकेपछि संघीयताको मर्मअनुसार आधुनिक रूपमा हुलाक सेवा सञ्चालन हुन्छ ।”

देश संघीय गणतन्त्रमा पूरानो ऐनबाट हुलाक सेवा चलाएर प्रतिफलको आशा गर्नु गलत हुने बताउँदै उनले भने, “कानुन छ राजा महेन्द्रको पालाको अनि हामीले परिवर्तनको अपेक्षा गरेर हुन्छ र ? यतिका वर्षसम्म कति सरकार परिवर्तन भए, कानुन बनाउनुपर्छ भन्ने हेक्का किन नराखेको ?” अहिले भ्रामक सूचनाले समाज भाँडिरहेको भन्दै मन्त्री गुरुङले सरकारले यसका नियमन गर्नेगरी ल्याएको सञ्चारसम्बन्धीको विधेयक छिट्टै कानुनका रूपमा ल्याउने जानकारी गराए ।

विकासका काम अध्ययन नगरीकन गरिँदै आएको उल्लेख गर्दै मन्त्री गुरुङले देशको खर्बौं रकम खेर गइरहेको बताए । “बसाइँसराइ सहर केन्द्रित हुँदैछ, प्रविधिको विकास तीव्र रूपमा अगाडि बढिरहेको छ, तर सनकको भरमा अध्ययन नगरी विकासका कामहरू गर्ने प्रवित्तिले राज्यको खर्बौं रकम नोक्सान भएको छ । विकास आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने हो, तर त्यसो भएको छैन, यसलाई बदल्नुपर्छ ।” रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २९, २०८२  १६:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro