देश
-1746716567.jpg)
काठमाडौं । काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको राजावादी आन्दोलनका क्रममा अराजक गतिविधि गरेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।
गुल्मीको रुरुक्षेत्र–६ घर भई जिल्ला काठमाडौं, तारकेश्वर नगरपालिका १० मनमैजु बस्ने वर्ष ३९ को मनबहादुर कालामगर पक्राउ परेका हुन् ।
उक्त दिनको प्रदर्शनका क्रममा राष्ट्रिय मानव अधिकार आयोगका पर्यवेक्षकमाथि आक्रमण र दुर्व्यवहार गर्ने तथा सरकारी गाडी तोडफोड, आजगनी गर्ने कार्यमा संलग्न भएको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेका कालामगरमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ २०:३७
प्रतिक्रिया दिनुहोस्