site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डुंगा पल्टिएर फेवातालमा फसेका सातजनाको उद्धार   

काठमाडौं । नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले बिहीबार डुंगा पल्टिएर फेवातालमा फसेका सातजनाको उद्धार गरेको छ । फेवातालमा हावाहुरीका कारण ‘स्टयान्डिङ डबल प्याडल बोट’ पल्टिँदा यात्रु फसेका थिए । 

बोटिङ गरिरहेको अवस्थामा एक्कासि आएको हावाहुरीका कारण बोट तालको बीच भागमा पल्टिएको सशस्त्रका सहायक प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । डुंगा पल्टिँदा भारत घर बताउने २५ वर्षीय सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ गाउँ बस्ने नन्दबहादुर गुरुङ फेवातालमा फसेका थिए । 

लगत्तै उनीहरूको उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा तैनाथ गोताखोरसहितको सुरक्षा फौज खटिएको थियो । 

उद्धारपश्चात् नन्दबहादुर गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि गण्डकी मेडिकल कलेजतर्फ पठाइएको छ । अन्य ६ जनाको अवस्था भने सामान्य रहेको प्रवक्त थापाले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२  १८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro