राजनीति
-1746697608.jpg)
काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्रका) उपमहासचिव वर्षमान पुनले बलियो सरकारले गभर्नर नियुक्त गर्न नसक्नुले सुशासनमा प्रश्न उठेको बताएका छन् ।
बिहीबार बिजमाण्डुले आयोजना गरेको ‘प्रि-बजेट कन्फ्रेन्स’मा पुनले गभर्नर नियुक्तिमा ढिलाइ भएकोमा प्रश्न उठाएका हुन् ।
“गभर्नरको नियुक्ति आज कि भोलि भन्ने छ । जब कि कानुनतः गभर्नरको रिटायरमेन्टको एक महिनाअगाडि गभर्नर नियुक्ति गर्नुपर्ने व्यवस्था छ,” उनले भने, “एक महिनापछि हैन, दुई महिना ढिलो भइसक्यो । यति बलियो सरकार यति सानो कुरामा अल्झिराखेको छ ? यसमा ध्यान जाओस् ।”
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १५:३३
प्रतिक्रिया दिनुहोस्