अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ६०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो चार दिनमा सुन प्रतितोला सात हजार ६०० रुपैयाँ बढेको छ । वैशाख २२ गते सुन प्रतितोला एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य १० रुपैयाँ घटेर एक हजार ९५५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधाबार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २५, २०८२ १०:५५
प्रतिक्रिया दिनुहोस्