देश

सिरहा । सिरहाको मिर्चैया नगरपालिका–५ स्थित बतहा खोलामा आएको बाढीमा फसेकी एक महिलाको सकुशल उद्धार गरिएको छ ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोली र स्थानीयको सहयोगमा बाढीमा फसेकी ६० वर्षीया रामदुलारी ठाकुरको मंगलबार उद्धार गरिएको वडाध्यक्ष प्रदीपकुमार साहले जानकारी दिए ।
“खेतमा भएको बाली हेर्न जाने क्रममा खोलाको बीच भागमा पुगेर उहाँ फस्नुभएको रहेछ । खबर पाउनासाथ इलाका प्रहरी कार्यालयको टोली र स्थानीय मिलेर करिब दुई घण्टाको प्रयासपछि सकुशल उद्धार गरिएको हो,” उनले भने ।
अध्यक्ष साहका अनुसार, यस स्थानमा पुल निर्माणाधीन अवस्थामा छ । उक्त पुल समयमै सम्पन्न नहुँदा वर्षामा स्थानीयलाई आउजाउ गर्न समस्या हुँदै आएको छ । रासस
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ २०:०७
प्रतिक्रिया दिनुहोस्