site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अवैध लागुऔषधसहित नौजना पक्राउ 

काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट नौजनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार र मंगलबार काठमाडौं, सर्लाही, सुनसरी, मोरङ, बाँके, सुर्खेत र कैलालीबाट उनीहरूलाई पक्राउ गरेको हो ।  

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागुऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ पाँच ग्रामसहित इलाम, इलाम नगरपालिका–६ बस्ने २४ वर्षीय विवेक गुरुङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुंगा र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मोरङबाट काठमाडौंतर्फ आउँदै गरेको बाप्र०३–००१ख १३६४ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सर्लाहीको हरिवन नगरपालिका–४ पटौनास्थित सडकबाट अवैध लागुऔषध गाँजा १५ किलो दुई सय तीन ग्रामसहित सिन्धुली हरिहरपुर गाउँपालिका–७ बस्ने २१ वर्षीय सविन बललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले सिन्धुलीबाट हरिवनतर्फ आउँदै गरेको प्रदेश३–०२–०१० प ८२९३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

सुनसरीको धरान उपमहानगरपालिका–४ लामाचौरबाट अवैध लागुऔषध गाँजा करिब १५ किलोग्रामसहित धनकुटा चौबिसे गाउँपालिका–३ बस्ने १९ वर्षीय सुजन राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी चौकी पत्राङबारीबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा४२प ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

मोरङको विराटनगर महानगरपालिका–१५ मटेरुवा चोकबाट अवैध लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ दुई ग्राम ८ सय ४० मिलिग्रामसहित बेलबारी नगरपालिका–४ बस्ने ३१ वर्षीय अनमोल राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

साथै थप अनुसन्धानको क्रममा उक्त पदार्थ भारत बिहार अररीया थाना जोगबनी बस्ने ६५ वर्षीया रोशनी खातुन र सुनसरी इनरुवा नगरपालिका–७ बस्ने ४२ वर्षीय लाल मोहमदले दिएको भन्ने खुल्न आएपश्चात् रोशनी र लाललाई समेत विराटनगर महानगरपालिका मटेरुवाबाट प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, बाँकेको बैजनाथ गाउँपालिका–७ पेडारीबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ एक ग्राम ७ सय ५० मिलिग्राम र नगद एक हजार पाँच सय रुपैयाँसहित सोही ठाउँ बस्ने ३३ वर्षीय अभिशेख थारूलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ यरीचोकबाट अवैध लागुऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ चार सय ८० मिलिग्रामसहित सोही ठाउँ बस्ने भारत बहराइज नानपारा चौकी–१६ घर भएका २४ वर्षीय रेहान खानलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

कैलाली, धनगढी उपमहानगरपालिका–१३ कैलालीगाउँबाट अवैध लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थ दुई सय ५० मिलिग्रामसहित सोही ठाउँ बस्ने ३६ वर्षीय सहदेव रानालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  २०:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro