
कैलाली । प्रहरीले कैलालीको भजनी नगरपालिका–५ गुलरिया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको झन्डै नौ लाख नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आठ लाख ९६ हजार ६ सय ६० रुपैयाँसहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले यूपी ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टिकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने अर्मन चौधरीलाई स्रोत नखुलेको नगद ५ लाख ३१ हजार ४ सय भारतीय रुपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।