देश

काठमाडौं । ममहान्यायाधिवक्ता कार्यालयले बालमन्दिर जग्गा प्रकरणको मुद्दा अघि बढाउने निर्णय गरेको छ । महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालका अनुसार महान्यायाधिवक्ताको निर्णयपछि अब आवश्यक प्रक्रिया जिल्ला सरकारी वकिलको कार्यालयले गर्नेछ ।
“यहाँबाट निर्णय भएर फाइल गएको छ । अब आवश्यक प्रक्रिया जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले अघि बढाउनेछ,” प्रवक्ता दाहालले भने ।
बालमन्दिरको नाममा रहेको जग्गा वर्षौंसम्मको एग्रिमेन्ट गरी भ्रष्टाचार गरेको फाइलमा सीआईबीले अनुसन्धान गरी पक्राउ पुर्जी समेत जारी भइसकेपछि प्रक्रिया रोकिएको थियो ।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२ १८:२४
प्रतिक्रिया दिनुहोस्