site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामा अवैध बसोबास गर्ने आप्रवासीलाई हजार डलर पैसा बाँड्दै ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा अवैध रूपमा बसोबास गरिरहेका आप्रवासीहरूलाई देश छोड्ने सर्तमा एक हजार डलर दिने घोषणा गरेको छ ।

राष्ट्रपति ट्रम्पको सामूहिक निर्वासनको नीतिअनुसार अमेरिकाको होमल्यान्ड सुरक्षा विभागले सोमबार यो योजना सार्वजनिक गरेको हो ।

यो योजनाअनुसार अवैध आप्रवासीहरूले स्वदेश फर्कने निर्णय गरेमा उनीहरूलाई एक हजार डलरको आर्थिक सहयोगसहित यात्रा खर्च पनि उपलब्ध गराइने समाचार संस्था एपीले जनाएको छ । 

‘सीबीपी होम’ नामक एपमार्फत स्वदेश फर्कने योजना सरकारलाई जानकारी गराउने व्यक्तिहरूलाई नजरबन्द र अध्यागमनबाट जबरजस्ती पठाउने सूचीबाट उनीहरूको नाम हटाइने बताइएको छ ।

“यदि, तपाईं अवैध रूपमा यहाँ हुनुहुन्छ भने गिरफ्तारीबाट बच्न स्वतः निर्वासन नै अमेरिका छोड्ने उत्तम, सुरक्षित र किफायती तरिका हो,” होमल्यान्ड सुरक्षा विभागका सचिव क्रिस्टी नोएमले भने, “होमल्यान्ड सुरक्षा विभागले अब सीबीपी होम एपमार्फत अवैध आप्रवासीहरूलाई यात्राका लागि आर्थिक सहयोग र स्वदेश फर्कने भत्ता प्रदान गर्दै छ ।” 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२  ०८:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro