site stats
बाह्रखरी :: Baahrakhari
विदेश
नाइजेरियामा भारी वर्षा, १०० भन्दा बढीको मृत्यु

काठमाडौं । मध्य नाइजेरियामा भारी वर्षाका कारण आएको बाढीमा परी कम्तीमा ११० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । 

नाइजर राज्यका आपतकालीन व्यवस्थापन एजेन्सी (एनएसईएमए)का प्रमुख अबुलाही बाबा–आराले घण्टौँदेखि वर्षा जारी रहेको बताएका छन् । 

Argakhachi Cement Island Ad

“भारी वर्षाका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन,” उनले भने ।

आपतकालीन व्यवस्थापन एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ। उद्धार कार्य अझै जारी रहेको अधिकारीहरूले बताएका छन् ।

नाइजेरियाले २०२२ मा पनि ठूलो बाढीको सामना गर्नुपरेको थियो, जसले गर्दा लगभग १३ लाख मानिसहरू आफ्नो घर छोड्न बाध्य भएका थिए । जसका कारण ६०० भन्दा बढी मानिसको मृत्यु भएको थियो । 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  २१:२४
प्रतिक्रिया दिनुहोस्