site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नयाँ मौसमी प्रणालीको विकास हुँदा कोसीबाट वर्षा सुरु
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुका साथै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण आज वर्षाको सम्भावना रहेको हो । 

केही स्थानमा भने बिहानैबाट वर्षा सुरु भइसकेको छ । कोसी प्रदेशका एक/दुई स्थानमा वर्षा सुरु भइसकेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् । 

उनका अनुसार आज मधेस प्रदेशमा पनि वर्षा हुनेछ । कोसी र मधेस प्रदेशसँगै अन्य प्रदेशका पहाडी भूभागमा पनि वर्षाको सम्भावना रहेको छ । 

“वर्षा भए पनि मनसुनमा जस्तो धेरै स्थानमा हुँदैन, खण्डित वर्षा हुनेछ,” मौसमविद् महर्जनले बाह्रखरीसँग भनिन् । 

वाग्मती प्रदेशका काठमाडौंसहित पहाडी क्षेत्रमा वर्षा हुने उनले जानकारी दिइन् । “काठमाडौंमा पनि आज वर्षाको सम्भावना छ । अपराह्नपछि हल्का वर्षाको सम्भावना रहेको छ,” मौसमविद् महर्जन भन्छिन्, “तर, खण्डित वर्षा हुनेछ ।”

उनका अनुसार आजभन्दा काठमाडौंमा वर्षाको सम्भावना भोलिलाई धेरै छ । “काठमाडौंमा आजको तुलनामा भोलि धेरै वर्षाको सम्भावना छ,” उनले भनिन् । 

मौसमविद् महर्जनका अनुसार उच्च पहाडी र हिमाली भूभागमा पनि हल्का हिमपातको सम्भावना छ । 

स्थानीय र पश्चिमी वायु सक्रिय भएसँगै बंगालको खाडीबाट  जलवाष्पयुक्त हावाको प्रभावका कारण आजबाट देशका केही स्थानमा वर्षा सुरु हुने भएको हो । 

नयाँ प्रणाली विकास भएसँगै केही दिनदेखि बढेको तापक्रम केही घट्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

केही दिनदेखि गर्मी बढ्दा तराईका केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०६:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro